२३ असार २०८३, मंगलबार

आमाको हत्या गर्न साथीलाई 'सुपारी’

चैत ९, २०७८
आमाको हत्या गर्न साथीलाई 'सुपारी’
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

घरजग्गा बेच्न  अनेकौंपटक  प्रयास गर्दा पनि आमाले नमाने पछि साथीलाई एक लाख रुपियाँ दिएर  आमालाई  मार्न  लगाएको  आरोपमा  ओमबहादुर नेपालीलाई कास्की प्रहरीले  पक्राउ गरेको  छ ।

कास्की प्रहरीले  पोखरा–१२, शीतलमार्ग बस्ने  नेपाली र  उनका साथी कुमार  गुरुङलाई  पक्राउ  गरी  सार्वजनिक गरेको  छ  ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना  अधिकारी  प्रहरी  नायब  उपरीक्षक सुन्दर  तिवारीका अनुसार  गत  चैत  ४  गते  बिहान  शीतलादेवीस्थित सुकुम्बासी बस्तीमा ६७ वर्षीया नौ माया नेपालीको मृत्यु  भएको सूचनाका आधारमा उनकै  घरको  कोठाभित्र मृत अवस्थामा फेला परेको जानकारी  दिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्