२५ असार २०८३, बिहीबार

डन्डीको मूल्यवृद्धिका कारण पेस गर्न निर्देशन

चैत ९, २०७८
डन्डीको मूल्यवृद्धिका कारण पेस गर्न निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ ।

डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति हुन निर्देशन दिएको हो ।

निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले मङ्गलबार उद्योगीसँग गरेको छलफलपछि यस्तो निर्देशन दिएको विभागले जनाएको छ ।

विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको नेतृत्वमा तीन÷स्टल उद्योग सञ्चालनको सहभागिता रहेको थियो ।

छलफलमा सहभागी उद्योगीले डन्डीको मूल्य बढ्नुका कारण नेपाली उद्योगीले गर्दा नभएर विदेश आउन कच्चा पदार्थको मूल्य बढेको बताएको विभागले जनाएको छ । कोभिडपछि डन्डीको भाउ नेपालमा मात्रै नभई, अन्तर्राष्ट्रिय बजारमै बढेको देखिन्छ ।

विभागका बजार निरीक्षण अधिकृत धनेश्वर पौडेलले डन्डी उद्योगीसँगको छलफलपछि डन्डीको मूल्य बढ्नुको कारणसहितका कागजातका प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्