०८ असार २०८३, सोमबार

'फर्स्ट फ्लस’को चिया तयार

चैत ९, २०७८
'फर्स्ट फ्लस’को चिया तयार
फाइल फोटो

चैत  लागेसँगै  इलामका  चिया बगानमा  'फस्र्ट  फ्लस’  (पहिलो  पटकको  मुना)  टिप्नका लागि  तयार  भइसकेको  छ ।

​ उच्च  गुणस्तरको  मानिने फस्र्ट फ्लस कतै–कतै टिप्न पनि थालिएको छ ।

इलामको  दक्षिणी  क्षेत्र  माई  नगरपालिका  र  इलाम नगरपालिकाको  सोयाकका  चिया  बगानबाट  यो  वर्षको पहिलो टिपाइ सुरु भएको हो ।

सोयाकको दुई सय रोपनी चिया बगान भाडामा लिएका जरवीरे चिया कारखानाका सञ्चालक  शरद  सुब्बाले  दैनिक  एक  हजारदेखि  एक हजार  दुई  सय  किलोसम्म  हरियो  पत्ती  आउन  थालेको बताए । कोकिला ढकालले गोरखापत्र दैनिकमा खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्