२३ असार २०८३, मंगलबार

युक्रेन युद्धमा मारिए रुसी कर्नेल

चैत ९, २०७८
युक्रेन युद्धमा मारिए रुसी कर्नेल

युक्रेनमाथि रुसले गरेको आक्रमणमा रुसी सेनाका कर्नेल अलेक्सी शारोभको मृत्यु भएको छ । 

विगत एक महिनादेखि चलिरहेको युद्धमा मारिने उनी १५औं शीर्ष अधिकारी भएको बताइएको छ । 

दोस्रो विश्वयुद्धपछि रुसका यति धेरै शीर्ष सैन्य अधिकारीह मारिएको यो पहिलो घटना हो । 

युक्रेनका सशस्त्र बलहरूले मंगलवार सामाजिक सञ्जालमा शारोभको मृत्युको घोषणा गरेका हुन् । 

रुसी मरिनको ८१०औं गार्ड्स सेपरेट अर्डर अफ झुकोव ब्रिगेडका कमान्डर शारोभ मारिउपोलमा मारिएका हुन् । 

मारिउपोलमा १ लाखभन्दा बढी मानिस युद्धका कारण शहरमा फसेका छन् । 

केही दिनअघि रुसको ४५औं इन्जिनीयरिङ रेजिमेन्टका कमान्डर कर्नेल निकोलाई ओव्चारेन्कोको पनि मृत्यु भएको थियो । 

यस युद्धमा शारोभ सहित रुसका पाँचजना कर्नेल मारिएको बताइएको छ । फरेन पोलिसी पत्रिकाले दोस्रो विश्वयुद्धपछि रुसले शीर्ष सैन्य अधिकारीमा सबभन्दा बढी हताहती भएको खबर दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्