१९ असार २०८३, शुक्रबार

संसद् गतिरोध हटाउन एमालेका २ शर्तः १४ जना सांसद कारबाहीको सूचना या सभामुखको राजीनामा

संसद् गतिरोध हटाउन एमालेका २ शर्तः १४ जना सांसद कारबाहीको सूचना या सभामुखको राजीनामा

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनका लागि पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटाको राजीनामा शर्त रहेको बताएको छ । 

सदनको प्रतिपक्षी मात्र नभई मुलुककै ठूलो दलले अगाडि सारेको लोकतन्त्रसँग जोडिएको प्रश्नमा गम्भीर ढंगले छलफल नगरिएको एमालेको आरोप छ ।

बुधवार शुरू एमाले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी ओलीले सदन सञ्चालनका लागि सभामुख र गठबन्धनको भूमिका निष्पक्ष नभएको आरोप लगाएका हुन् । ओलीले संसदलाई बेकम्मा सावित गर्ने दूराशय देखिएको समेत टिप्पणी गरेका छन् । 

‘हाम्रो पार्टी स्पष्ट छ– प्रतिनिधि सभा पुनःस्थापना गर्ने २०७८ असार २८ गतेको परामादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चाहन्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं । तर त्यसका लागि या त १४ जना सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ,’ ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । 

भदौ २३ गतेदेखि एमालेले लगातार प्रतिनिधि सभामा वेल घेराउ गर्दै आएको छ । फागुन ३० गतेदेखि सरकारले संसदको अधिवेशन नै अन्त्य गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्