
‘दिल चाहता है’ जस्तो उत्कृष्ट फिल्मका अभिनेता अक्षय खन्ना चलचित्रमा अब धेरै कम मात्रामा देखिन थालेका छन् । मानिसहरुले पहिले नै यो विषय अनेक अड्कल गरिरहेका बेला अक्षयले आफ्नो विवाह बारे मुख खोलेपछि सबैलाई चकित पारिदिएका छन् ।
अक्षयले भनेका छन् कि उनी अब धेरै भन्दा धेरै फिल्ममा अभिनय गर्ने छन् । अक्षयले भनेका छन् कि उनी पारिवारिक कारणले गर्दा अहिलेसम्म फिल्मबाट टाढा थिए ।
अक्षयको भनाइ छ कि केही पारिवारिक कारणले उनी कम मात्रै फिल्ममा काम गर्न पाइरहेका थिए । तर अब उनी धेरै भन्दा धेरै फिल्ममा अभिनय गर्ने छन् ।
यो सबैको बीचमा उनले अब विवाह नगर्ने घोषणा पनि गरिदिएका छन् । उनको मान्यता छ कि उनी आफ्नो प्रतिबद्धतामा टिक्न सक्दैनन् । त्यसैले आफू धेरै लामो समयसम्म रिलेशनशिपमा रहन नसक्ने उनको ठम्याइ छ ।
‘धेरजसो मानिसलाई लामो समयसम्म रिलेशनशिपमा रहनु स्वाभाविक लाग्छ होला । तर मलाई लाग्दैन,’ अक्षय भन्छन्, ‘मलाई लाग्छ कि जब मन लाग्यो तब एक रिलेशनशिपबाट दोस्रोमा जाने स्वतन्त्रतता हुनु पर्छ ।’
उनको मान्यता छ कि दुई व्यक्तिले रिलेशनशिप तबसम्म रहनु राम्रो हुन्छ, जबसम्म दुई जना खुशी हुन्छन् । त्यसपछि उनीहरुलाई अलग हुने स्वतन्त्रता हुनुपर्ने उनको मान्यता छ ।
अलग हुनका लागि सम्बन्ध विच्छेको आपैचारिकता पूरा गर्नुपर्ने जरुरी नभएको पनि उनको मान्यता छ । चाहेका बेला अलग हुन सक्ने वातावरण हुनुपर्ने उनी बताउँछन् ।