०४ असार २०८३, बिहीबार

आइएमई र मिदासबीच सहकार्य : कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था

आइएमई र मिदासबीच सहकार्य : कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई र मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ  प्रवद्र्धन अभियान सुरु गरेको छ । 

अभियान मंगलवार (चैत ८) देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको आईएमईले जनाएको छ । 

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।

लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिदास ई–क्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् ।

एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।  

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । 

तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । 

अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । मिदास इक्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान शुरू गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्