०२ असार २०८३, मंगलबार

लेटाङको कर्फ्यू हट्यो

लेटाङको कर्फ्यू हट्यो
फाइल फोटो

मोरङको लेटाङ ५ दिनपछि सामान्य अवस्थामा फर्कन थालेको छ ।

सोमवारदेखि लगाइएको कर्फ्यू बिहीवारदेखि हटाएपछि जनजीवन सामान्य बन्दै जान थालेको छ । 

५ दिनदेखि बन्द रहेका होटल, पसल बिहानैदेखि खुल्न थालेका र मानवीय चहलपहल बढ्न थालेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताए ।

विद्यालय सञ्चालन गर्न सर्वदलीय बैठक राखेर छलफल अगाडि बढाइएको राईले बताए । विद्यालयमा भएको भौतिक क्षतिका लागि नगरपालिकाले सहयोग गर्ने समेत उनले बताए । 

आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कफ्र्यू लगाइएको थियो । बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु हटाउने निर्णय गरेको थियो । 

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई बिद्यालयमै राखेर मिलाउने प्रयास विवाद चर्किंदा १ महिला प्रहरीको ज्याानै गएको थियो । 

भीड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपी शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटनास्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ७ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना आइतवार सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्