
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा चुनावी रणनीति बनाउन एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहीवार मध्यान्ह दोस्रो दिनको बैठक शुरु भएको हो ।
बुधवार शुरु बैठक चुनावी रणनीति बनाउँदै आज सकिदैछ ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकको बीचमै प्रदीप ज्ञवालीले लेखेको पुस्तक ‘समाजवादका आधारहरू’ नामक पुस्तक बिहीवार लोकार्पण गरेका छन् ।
युवा संघले प्रकाशित गरेको पुस्तक विमोचन गर्दै ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नै समाजवादको प्रस्थानविन्दु हुने बताए ।