३० असार २०८३, मंगलबार
चुनावी राजनीति

चुनाव लागेको झल्को– खाना खान जनताको घरमा पुगे प्रचण्ड

चुनाव लागेको झल्को– खाना खान जनताको घरमा पुगे प्रचण्ड

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गृह जिल्ला चितवनका गाउँगाउँमा पुग्न थालेका छन् ।

बिहीवार आफ्नै निर्वाचन क्षेत्र (चितवन– ३) अन्तर्गत पर्ने माडी पुगेका प्रचण्डले शहीद परिवारमा पुगेर खाना खाएको तस्वीर उनकी छोरी गंगा दाहालले फेसबूकमा राखेकी छन् । गंगा प्रचण्डकी स्वकीय सचिव पनि हुन् । 

माडी ७ देवेन्द्र टोलस्थित माओवादी जनयुद्धका शहीद नीलकण्ठ सुवेदीको घरमा पुगेर प्रचण्डले बिहीवार बिहानको खाना खाएका हुन् । सुवेदीको आज स्मृति दिवस पनि परेको छ ।

माडीमा प्रचण्डले आजै परवी खोलामा निर्माणाधीन पुल उद्घाटन समेत गरेका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत माडी नगरपालिकाभित्र १३ वटा पुल निर्माणको चरणमा छन् । त्यसमध्ये २ वटा पुल निर्माण सम्पन्न भएको गंगाले फेसबूकमा लेखेकी छन् ।

पुल उद्घाटनकै लागि पुगेका प्रचण्डले जनतासँग अन्तरक्रिया पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्