
नेकपा माओवादी केन्द्र दाङका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कमिटीको आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई एमालेमा प्रवेश गराएका हुन् ।
शर्माले माओवादी केन्द्र परित्याग गरेसँगै एमालेमा प्रवेश गरेका हुन् ।
उनीसँगै उनकी पत्नी सीता चौधरीले पनि माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकी छन् ।