ड्रामा क्विन भनेर चिनिने राखी सावन्त बिहिबार पञ्जाबको लुधियानमा रहेको अदालतमा पुगेकी छिन् ।

उनी अदालत पुगेको विषय निकै चर्चित वन्यो । किनकी उनी बुर्काले ढाकिएर अस्पताल पुगेकी छिन् ।
रामायणका रचयिता वाल्मिकीमाथि आपत्तिजनक टिप्पणी गरेको विषयमा राखी सावन्तविरुद्ध लुधियाना अदातलमा मुद्दा दर्ता भएको थियो । अदालतमा पेश भएपछि न्यायिक मजिस्ट्रेट विश्व गुप्ताले राखीको जमानतमा मञ्जुरी दिएका थिए ।

राखी सावन्तविरुद्ध अदालतले जून २ तारिखमा गैर जमानती वारेन्ट जारी गर्दै लुधियानाका पुलिस आयुक्तलाई जुलाई ७ तारिखभन्दा पहिले अदालतमा राखीको पेशी सुनिश्चित गर्ने आदेश दिएको थियो । अदालतले बारम्बार समन पठाएपश्चात् पनि राखी मार्च ९ तारिमा भएको मुद्दाको सुनुवाईमा पेश भएकी थिइनन् ।
मानिसहरुको नजरबाट बच्नका लागि बुर्का लगाएर अदालतमा पुगेर आत्मसमर्पण गरिन् ।