१८ असार २०८३, बिहीबार

मोटरसाइकलसँग ठक्कर खाँदा सडकमा लडेका स्कुटर चालकलाई स्कुल बसले किच्यो

चैत १०, २०७८
मोटरसाइकलसँग ठक्कर खाँदा सडकमा लडेका स्कुटर चालकलाई स्कुल बसले किच्यो

बुटवलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिएपछि पछाडिबाट आएको कलेजको बसको किचेर एक जनाको मृत्यु भएको छ ।

जितगढी स्थित बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८३प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु७४प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । 

ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालक गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल–१३ बस्ने २३ वर्षीय मनोज थापालाई बुटवलतर्फ आउँदै गरेको तिलोत्तमा क्याम्पसको ना१क ४१४६ नम्बरको बसले किच्दाको मृत्यु भएको हो । 

बसका चालक, र मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्