पश्चिमी सैन्य गठबन्धन नेटोले उपलब्ध गराएका हतियारहरू युक्रेनका सशस्त्र बलको कम्ब्याट इकाइलाई नभई विभिन्न अर्धसैनिक समूह तथा अतिवादीहरूको हातमा पुगिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
यसअघि रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले यी हतियारहरू युरोप तथा विश्वभरि फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
नेटो तथा पश्चिमी सरकारहरूले युक्रेनमा जथाभावी हतियार बाँडिरहँदा त्यसले युरोपमा व्यापक अशान्ति मच्चाउने सम्भावना रहेको विश्लेषकहरूको मत छ ।