
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा ७६३ मेगावाटको तमोर जलाशययुक्त आयोजना अगाडि बढाउन आग्रह गरिने भएको छ ।
विदेशमन्त्री वाङ यी शुक्रबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैन छन् ।
उनको भ्रमणमा नेपालले बीआरआई परियोजना अन्तर्गत पावर चाइना लिमिटेडले बनाउन तयार भएको तमोर जलाशययुक्त आयोजना बढाउन आग्रह गरिने भएको हो ।
उक्त आयोजना निर्माणको विषयमा ध्यानाकर्षण गराउन पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा र ताप्लेजुङका सांसदहरूको एक टोलीले परराष्टमन्त्री नारायण खड्कासँग भेट गरेका छन् ।
ताप्लेजुङका सांसद तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा उक्त टोलीले विहीबार परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग परराष्ट्र मन्त्रालय भेट गरेको छ ।