
एनाटोली चुबाइस रुसले युक्रेनमा आक्रमण गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनको साथ छोड्ने सबभन्दा शीर्ष अधिकारी बनेका छन् ।
‘चुबाइसले स्वैच्छिक राजीनामा दिएका हुन् । उनले देश छोडेर गए कि गएनन् त्यो उनको व्यक्तिगत कुरा हो,’ पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले इन्टरफ्याक्स समाचार संस्थालाई बताए ।
सन् २०२० देखि चुबाइसले पुटिनको विशेष दूतका रूपमा अन्तर्राष्ट्रिय संगठनहरूमा प्रतिनिधित्व गरिरहेका थिए । बोरिस येल्तसिनले सन् १९९० को दशकमा गरेको आर्थिक सुधारको उनी मुख्य योजनाकारमध्ये एक हुन् ।
उनी टर्की गएको र रुस फर्किने कुनै मनसाय नराखेको बताइएको छ ।