०४ असार २०८३, बिहीबार

थप ३५ जनामा कोरोना संक्रमण

थप ३५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार २ सय ६८ जनामा पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर ९ लाख ७८ हजार २ सय ९७ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने १ लाख ४० हजार ९९ जनामा एन्टीजेन पोजेटिभ देखिएको छ ।

बिहीवार २ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँन्गै हालसम्म संक्रमणबाट निको हुनेहरूको संख्या ९ लाख ६४ हजार १२७ पुगेको छ ।

यस दिन संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म मुलुकभर ११ हजार ९५१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

हाल मुलुकभर २ हजार २१९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्