
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।
झन्डै ४ महिना पछि काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
यसअघि राई दलका सचेतक थिए ।
तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो ।
कात्तिक १६ गते कार्की मन्त्री भएका थिए ।