०७ साउन २०८३, बिहीबार

गीतको अंश किन हटाएको ? पत्रकार सम्मेलन गरेरै प्रकाश सपुतले दिए जवाफ

गीतको अंश किन हटाएको ? पत्रकार सम्मेलन गरेरै प्रकाश सपुतले दिए जवाफ

गायक प्रकाश सपुतले पछिल्लो गीत 'पीर'बाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिएका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी  दृश्य  कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताए ।

उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य  हटाउनु परेको बताए ।

गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए । उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गरे।

गायक सपुतले भने, ‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँनेर लोकेन्द्र सरको भुमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसावले सोचिदिनु हुन अनुरोध गर्दछु । मसँग त्यसका लागि थुप्रै तर्कहरु छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर । हामी यतिबेला नेपाली समाजमा छौँ, सम्बन्ध छ । कसैको दुःखसँग जोड्ने मन छ । मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो । जो जनयुद्ध लडेर आफैँमा चित्त दुखाएका छन्, उनीहरुको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो ।’

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरू आएको बताइन् । उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा रहेको समेत बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको सुनाइन् ।

अभिनेत्री पन्तले भनिन्, ‘मलाई पनि यस भिडियोको बारेमा केही कुराहरु आएका छन् । यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो ।  म भएको भए हटाउँदिन थिएँ । उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो । त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो ।’

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए ।

’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ ।

भिडियोको एउटा दृश्यमा पूर्व लडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्