१९ असार २०८३, शुक्रबार

भारतीय नाकामा रोकिए नेपाली मालबाहक ट्रक

कात्तिक २०, २०७४
भारतीय नाकामा रोकिए नेपाली मालबाहक ट्रक

गौशाला, २४ असार– भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी)का कारण महोत्तरीसँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा मालबाहक ट्रक रोकिएका छन् ।

कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ वटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ । भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङ्कर समेत आइतबारदेखि भन्सारमा रोकेको छ ।

भारतले जुन ३० तारिखदेखि लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सिमा नाकामा नेपाल आयात गर्न लागिएको विभिन्न सामान थन्किएको छ । यसरी सामान नेपाल आयात गर्न नपाउँदा कर असुली प्रभावित भएको जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जानकारी दिए ।

नयाँ करप्रणालीबारे स्पष्ट हुन नसकेको र यसबारे अन्यौलता रहेका कारण नेपालतर्फ लैजान तयारी अवस्थामा राखिएका मालबाहक ट्रक नाकामै रोकेको भिठ्ठामोडस्थित भारतीय भन्सारमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्रप्रसाद सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्