
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सस्तो लोकप्रियता र वाहवाहीका लागि ४ रुपैयाँमा बेचेर भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्न लागिएको आरोप लगाएका छन् ।
उदयपुरको त्रियुगामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ४ रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँमा किन्नुपर्नाको कारण सोधेका हुन् ।
‘समाचार सुन्नु भयो होला, ३८ रुपैयाँ युनिटमा नेपालले बिजुली किन्दैछ । हामी ४ रुपैयाँमा बेच्छौं, किन्छौं ३८ रुपैयाँमा । सस्तो लोकप्रियता र वाहवाहीका लागि जे पनि गर्ने ?’ ओलीले भने, ‘नेपाल जस्तो जलस्रोतको दोस्रो धनी देशले प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने, के रहस्य छ ?’
ओलीले एमाले सरकारको पालामा लोडसेडिङ समाप्त भएपनि अहिले फेरि लोडसेडिङको कुरा गरिएको दाबी गरे ।
ओलीले यस्तो दाबी गरे पनि लोडसेडिङको औपचारिक अन्त्य भने प्रचण्ड नेतृत्वको सरकार रहेको समयमा भएको थियो ।
गठबन्धन सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको उनको आरोप छ ।