
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले वर्तमान जनमतको आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका छन् ।
शुक्रवार भएको कांग्रेस बैठकमा उनले अहिलेको जनमतको आधारमा तालमेल हुनुपर्ने धारणा राखेका हुन् ।
‘तालमेल गर्न सकिन्छ, नसकिने होइन, ’ उनले भने, ‘पहिले जितेको सिटको आधारमा होइन, वर्तमान जनमतका आधारमा तालमेल गर्नुपर्छ ।’