१९ असार २०८३, शुक्रबार

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोकको फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । 

नगरपालिकाको २ करोड रुपैयाँको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । 

नगर प्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुशी व्यक्त गर्दै पानी ट्यांकी र धाराको संरक्षण गर्न स्थानीयलाई आग्रह गरे । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए ।

यसैबीच, खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ । ३७ लाखको लागतमा ८२ घनमिटरको ट्यांकी बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीय लाभान्वित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयले पिउन पाएका बताए ।

salt training

कमेन्ट गर्नुहोस्