०९ असार २०८३, मंगलबार

बारामा महिलामाथि एसिड प्रहार, जेठाजु र ससुरा पक्राउ

बारामा महिलामाथि एसिड प्रहार, जेठाजु र ससुरा पक्राउ

बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ । शुक्रबार राति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो।  
 माइतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।  पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ । 

 वीरगन्जबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्