१९ असार २०८३, शुक्रबार

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर

शनिवार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उक्त प्रणालीको प्रभावले प्रदेश १ तथा बागमती प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ । 

राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्