२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटारमा

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटारमा

चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता सकिएलगत्तै वाङ यी बालुवाटार पुगेका हुन् । 

सिंहदरबारमा भएको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय बैठक अघि परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको थियो । 

प्रधानमन्त्रीसँगको भेटवार्तापछि वाङ नेपालमा परराष्ट्रमन्त्री डा. खड्काले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनेछन् ।  

तीन दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ । 

उनी आइतवार नै स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्