०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ विदेशमन्त्री वाङ यी बीचको भेटवार्ता सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा वाङ यी र प्रधानमन्त्री देउवाबीच करीब एक घण्टा भेटवार्ता भएको थियो । 

भेटको अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा बनेको पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गरेका थिए । 

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार र सहयोग आदानप्रदानको विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

त्यसअघि सिंहदरबारमा भएको नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठकमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटपछि वाङ परराष्ट्रमन्त्री डा. नारायण खड्काले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । 

चिनियाँ विदेशमन्त्री वाङले आइतवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

विदेशमन्त्री वाङ आइतवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्