
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका साझा वा एकल उम्मेदवार घोषणा गरिने बताएका छन् ।
सुनसरीको लौकहीमा पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको घर –घर जाऔँ, काँग्रेस जिताऔँ अभियानमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा आर्थिक क्रान्ति गर्न आगामी निर्वाचनपछि पनि नेपाली काँग्रेसको नेतृत्वको सर कार आवश्यक रहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।