०५ असार २०८३, शुक्रबार

ठोकर्पामा एक घर, एक धारा

चैत १३, २०७८
ठोकर्पामा एक घर, एक धारा

सिन्धुपाल्चोकको सुक्खाग्रस्त  क्षेत्रका  रूपमा  परिचित सुनकोसी  गाउँपालिका–१,  ठोकर्पामा शतप्रतिशत  घरमा  धारा  निर्माण  गरी देशकै  पहिलो  एक  घर,  एक  धारा भएको  वडा  घोषणा  गरिएको  छ ।

नेपाली  काँग्रेसको  केन्द्रीय  सदस्य मोहनबहादुर    बस्नेतले    धाराको उद्घाटन गरे । वडाका  ७८६  घरमा  मिटर जडित धारा निर्माण गरी चौबिसै घण्टा स्वच्छ  खानेपानी  उपलब्ध  गराइएको वडाध्यक्ष  नेत्र  कार्कीले  जानकारी दिए ।

२०७२ सालको भूकम्पपछि ठोकर्पालगायत सिन्धुपाल्चोकका सयौँ गाउँमा खानेपानी मुहान सुकेका थिए ।

२०७५  साल  जेठ  १५  मा  घरघरमा áधारा,  घरघरमा  पानी  अभियान  सुरु गरिएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जीसीले आफूले निर्वाचन जित्नुअघि ठोकर्पा, थुम्पाखरलगायतका वडाहरू  सुक्खा  ग्रस्त  रहेको  भन्दै अहिले  खानेपानी  समस्या  समाधान गर्दै  आएको  बताए ।   गोरखापत्र दैनिकमा चित्र मिजारले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्