
दुई वर्षदेखि बन्द भएको -याफ्टिङ व्यवसाय फागु पर्वसँगै पुनः सञ्चालन हुन थालेको छ ।
कोरोना महामारीका कारण बन्द रहेको यस क्षेत्रमा फागु पर्वपछि आन्तरिक पर्यटक -याफ्टिङ गर्न आएसँगै व्यवसाय सुरु भएको हो ।
नेपाल एसोसिएसन अफ -याफ्टिङका पूर्वअध्यक्ष नानीबाबु थापाले भने, “दुई वर्ष बन्द भएको व्यवसाय यसै हप्ताबाट सञ्चालनमा आएको छ, अब चल्छ कि भन्ने आशा पलाएको छ । ”
उनका अनुसार भोटेकोसी, त्रिशूली, कालीगण्डकी, सुनकोसीलगायतका नदीमा अहिले आन्तरिक पर्यटक -याफ्टिङ गर्न आउन थालेका छन् ।
दुई वर्षको अवधिमा व्यवसाय बन्द भएपछि ३० जनाभन्दा बढी व्यवसायी पलायन भइसकेका छन् । थापाले भने, “कति व्यवसायीले छाडे भन्ने विवरण हामीले सङ्कलन गर्दै छौँ, कार्यालय नै बन्द गरेर बस्ने धेरै छन् । व्यवसाय प्रवद्र्धन गर्ने र पर्यटक वृद्धि हुने कार्यक्रम सरकारले ल्याउन नसक्दा -याफ्टिङ व्यवसाय जोखिममा परेको छ । ” गोरखापत्र दैनिकमा शालिग्राम नेपालले खबर लेखेका छन् ।