
चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरू भएको छ ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भइरहेको छ ।
आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग वाङ यीको शिष्टाचार भेट भएको थियो ।
गत शुक्रबार नेपाल आएका वाङ यीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।
