१३ असार २०८३, शनिबार

एक दर्दनाक कथा : गरीबीले यसरी लग्यो शम्भुरामको ज्यान

कात्तिक २०, २०७४
एक दर्दनाक कथा : गरीबीले यसरी लग्यो शम्भुरामको ज्यान

इटहरी, २२ मंसिर — जतिबेला नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ‘तरकारीवाली’ को चासो र चर्चामा व्यस्त थिए, त्यहीबेला धरानका मोदनाथ पौडेल र इटहरीका विपीन कार्की भने एउटा कुपोषित मधेसी युवाको हुलिया पत्ता लगाउन व्यस्त थिए । फेसबूकमा आएको सूचना अनुसार सप्तरीको युवा भन्ने थियो तर ठ्याक्कै ठेगाना भने थाहा थिएन ।

एउटा कुपोषणग्रस्त हाडमात्रै दखिने युवाको निन्याउरो र ख्याउटे तस्वीर सामाजिक सञ्जालमा आएपछि पोषणविज्ञानका विद्यार्थीहरू पौडेल र कार्कीको ‘निद हराम’ भयो । उनीहरू लागे शम्भुराम नामको कुपोषित सप्तरीको दलित युवाको ठेगाना खोज्न । उनीहरू कस्सिए शम्भुको सहयोगमा ।

nepali_saptari_dies_of_malnutrition_death_malnurished

आफ्ना सबै सञ्जालहरू सदुपयोग गरेर अन्ततः शम्भुरामको ठेगाना पत्ता लाग्यो । दक्षिण सप्तरीको डाँडा गाविस वडा नम्बर ७ को बलिया गाउँमा शम्भुको घर भएको पत्ता लाग्यो । मागेर गुजारा चलाउने शम्भुको परिवारलाई कुपोषण रोकथामका उपायहरू र केही पौष्टिक खाद्यान्न किन्ने आर्थिक सहयोग दिन भनेर मंसिर १२ गते घर पुगे यी पोषण्विज्ञानका विद्यार्थीहरू । लखतरान भएर उनीहरू शम्भुको घर पुगेपछि थप पीडामा परे जब बुझे कि त्यहाँ पुगेकै दिन शम्भुको मृत्यु भएको रहेछ ।

आमा र बाबुले भर्खरै मात्रै शम्भुको सद्गत सकेर घर आएका रहेछन् । ‘सुन्दा यो कुनै दुःखद चलचित्रको कहानी जस्तो लाग्छ,’ धरानको केन्द्रीय प्रविधि क्याम्पसमा चार वर्षे पोषणविज्ञान सकेर थेसिस गर्दै गरेका पौडेलले भने, ‘तर यो वास्तविकता भयो र एउटा पोषणविज्ञानको विद्यार्थी भएको नाताले यसरी मधेसमा कुपोषणले मान्छे मरेको देख्दा पीडा हुन्छ ।’

शम्भुलाई कुपोषणबाट बचाउने प्रयास असफल भएपछि विद्यार्थीहरू पौडेल र कार्कीले सप्तरीको राजमार्गछेउको कञ्चनरूप नगरपालिकाको वडा नम्बर ५ को विष्णु मन्दिर आसपास र शम्भुकै गाउँ डाँडा गाविसको बलियामा समेत कुपोषण जाँच गरे । ‘न्युट्रिसनल एसेसमेन्ट’ भनेर प्राविधिक भाषा प्रयोग हुने कुपोषण जाँचले गाउँमा कुपोषणको भयावह अवस्था देखायो । ‘हामीले लिएका आठवटा नमुना जाँचमा पाँच बालबालिकाहरू कुपोषित भएको पायौं,’ पौडेलले भने ।

यसरी गाँउका बालबालिकाहरू कुपोषित हुने र शारीरिक रूपमा दुर्बल र अकालमै ज्यान जाने जोखिम देखेका पोषणविज्ञानका विद्यार्थीहरूले शम्भुको परिवारलाई आर्थिक सहयोग गर्ने निधो गरे । शम्भुकै गाउँका अन्य मध्यम शीघ्र कुपोषण तथा शीघ्र कुपोषण पीडित मधेशी दलित र गरीब बालबालिकाका अभिभावकहरूलाई पौष्टिक खाद्यान्न वितरण गर्न अभियान सञ्चालन गरे ।

campaign-copy

शम्भु परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्न सामाजिक सञ्जालमा कार्यक्रम शुरू गरे । ‘सप्तरीमा कुपोषणविरुद्ध हाम्रो अभियान’ नाम दिएको समूहको नाम ‘युनाइट फर शम्भु फेमिली टीम’ राखे । ३३ हजार हाराहारीको पैसा उठ्यो । सोही रकमले शम्भुको परिवारलाई एउटा पाठो, ७ हजार नगद, न्यानो लत्ताकपडा र एक गाडी खाद्यान्न बोकेर पौडेल र कार्कीसहितको समूह सोमवार सप्तरी पुग्यो । उनीहरूको अभियानलाई सहयोग गरे क्याम्पस प्रमुख धनबहादुर कार्की र पोषणविज्ञानका विभागीय प्रमुख डम्बरबहादुर खड्काले । क्याम्पसले गाडी उपलब्ध गरायो ।

थामिएनन् शम्भुका आँसु

पोषण विद्यार्थीको समूह सोमवार सहयोगार्थ शम्भुको घर पुग्दा शम्भुका बाउले आँसु थाम्न सकेनन् । एउटा लाठीले उभिनुपर्ने बुढो जिउ र त्यसमा जवान छोराको मृत्यु । यी सबै कुराले पीडित थिए ५५ वर्षीय देव नारायण राम । कुपोषण पीडित छोराको उपचार गर्न के के गरेनन् रामले । उनले गाविसलाई सहयोग मागे, तर पाएनन् । आफूले भोट हालेका सप्तरी क्षेत्र नम्बर ७ का माओवादी केन्द्रका सभासद अमर मण्डल भेट्न खोजे, तर भेटेनन् । छिमेकीसँग भीखसमेत मागे छोराको उपचार गर्न ।nepali_saptari_dies_of_malnutrition_death_malnurishedsss

समाजका अगुवासँग चन्दा मागेर छोरालाई धरान, विराटनगर र काठमाडौंसम्मको उपचारमा यात्रामा लगे । १२ धुरमात्रै जग्गा भएका रामले ८ धुर जग्गा पाँच वर्षअघि ४० हजारमा बेचे । त्यो सबै पैसाले पनि छोराको ज्यान जोगाउन सकेन । देवनारायणको घर सप्तरीको मौली–हनुमाननगरको सडक खण्डमै पर्छ । उनको घरबाट १५ मिनेटमा सप्तरी क्षेत्र नम्बर ७ का सभासद अमर मण्डलको घर पर्छ ।

यस्तो सुगम ठाउँमा बसेर पनि रामले छोरा बचाउन सकेनन् । कारण – गरीबीका कारण उनकी श्रीमतीले छोरा गर्भावस्थामा हुँदा पौष्टिक खाना खाइनन् र जन्मेपछि पनि छोराले पौष्टिक तत्व खान पाएनन् । छोराको सद्गत गर्न समेत आर्थिक अभाव भोगेका देवनारायणले पोषणविज्ञानका विद्यार्थीबाट एउटा बाख्राको पाठो, सात हजार नगद र पर्याप्त खाद्यान्न आफ्नै आँगनमा आएको देखेपछि भावुक हुँदै भने, ‘शम्भुले औषधी र दूध पनि राम्रो खान पाएन । हामी गरीब छु, कहाँबाट ल्याउने?’ गरीब जनताको मुक्तिका लागि भन्दै संघर्ष गरेको माओवादीका तीनाजना सांसद भएपनि जिल्लामा गरीबहरूको पक्षमा केही नगरेको उनको गुनासो छ ।

कुपोषणबाट बच्चालाई कसरी बचाउने ?

‘बच्चा गर्भमा रहेको दिनदेखि जन्मेर दुई वर्षको हुन्जेल पर्याप्त पौष्टिक तत्व आमा र बच्चाले पाउनुपर्छ,’ केन्द्रीय प्रविधि क्याम्पस धरानका पोषण विभागका प्रमुख डम्बरबहादुर खड्काले भने, ‘यो अवधिलाई सुनौला हजार दिन समेत भनिन्छ । यही अवधिमा शम्भुले पर्याप्त पोषण नपाएर ज्यान गएको हुनुपर्छ ।’

आफ्ना विद्यार्थीहरूले गरेका विभिन्न थेसिसले पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा कुपोषण देखिएको बताएका खड्काले सप्तरीको अवस्था भने निक्कै भयावह भएको बताए । ‘खाना खाने तरिका नजानेर अथवा गरीबीले खानेकुराकै अभावका कारण तराईमा कुपोषण हुने देखिएको छ,’ बेल्जियममा पोषणविज्ञानमा स्नातकोत्तर गरेका विभागीय प्रमुख खड्काले भने, ‘अब सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायले सप्तरीका दलित र सीमान्तीकृत समुदायलक्षित पोषण कार्यक्रम ल्याउनैपर्छ ।’

home-copy

शम्भुको परिवारलाई सहयोग गर्न र बलिया गाउँका कुपोषित बालबालिकालाई सर्वोत्तम पीठो र अन्य पौष्टिक आहार वितरण कार्यक्रममा विद्यार्थी तथा विभागीय प्रमुखसँगै पुगेका थिए क्याम्पस प्रमुख धनबहादुर कार्की । कार्कीले त सरकार र आईएनजीओहरू गैरजिम्मेवार भएरै सप्तरीमा यस्तो कुपोषणको भयावह अवस्था आएको बताए ।

‘उता राजधानीमा हजारौं र लाखौं रकममा कुपोषण बारेका सेमिनारहरू तारे होटलमा हुन्छन्,’ स्थानीयलाई सम्बोधन गर्दै कार्कीले भने, ‘त्यस्ता कार्यक्रमहरू लाखौंमा सकिन्छन् तर यता शम्भुहरू भने केही हजारमै सम्भव आमाले भिटामियुक्त खानेकुरा खान नपाएर र जन्मेपछि पौष्टिक आहारा नपाएर मरिरहेका छन् ।’

सप्तरीको कुपोषण निर्मूलन अभियान चलाउने मोदनाथ पौडेल र विपीन कार्की भने सरकार र आईएनजीओहरूले काभ्रे, नुवाकोटतिर कुपोषणविरुद्ध कार्यक्रमहरू चलाएपनि सप्तरी र अन्य भित्री मधेसका कुपोषणग्रस्त क्षेत्रहरूमा ध्यान नदिएकोमा आक्रोश पोख्छन् । ‘काभ्रे र नुवाकोट काठमाडांै नजिक भएर त्यता पोषणका कार्यक्रम चलाइएको छ,’ पौडेल प्रश्न गर्छन्, ‘सप्तरीले चाहिँ जतिसुकै दुःखद अवस्था भएपनि पोषणका कार्यक्रम किन पाउँदैन ?’dev-ram-copy

अभियाकनकर्मी विपीन कार्कीले सरकारले सप्तरी जस्ता कुपोषणग्रस्त तराईका जिल्लामा पोषण कार्यक्रमहरू ल्याएमा पढ्ने विद्यार्थीहरूले स्वयंसेवा गर्ने र पास भएकाहरूले तलबी काम गर्न तयार भएको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा धरानको हाम्रै क्याम्पसमा मात्रै पोषण विज्ञानको पढाई हुन्छ र हामी सरकारका कुपोषण निमूर्लन अभियानमा साथ दिन तयार छौं । तर के सरकार हाम्रो आवाज सुन्न तयार छ ?’

उता पौडेलले भने आफूहरूको क्षमताले भ्याएको कुपोषणका नमुना संकलन, शम्भु परिवारलाई सहयोग र कुपोषित बालबालिकाका गरीब अभिभावकहरूलाई सर्वोत्तम पीठो वितरण गरेपनि यो सबै सानो शुरूवात मात्रै भएको बताए । पौडेल प्रश्न गर्छन्, ‘हामी दुईजना लाग्दा त नमुना संकलन र सामान्य सहयोग गर्न सक्यौं भने राज्यै लागेमा कसरी मधेसका थुप्रै शम्भुहरूलाई बचाउन नसकिएला ?

salt training

कमेन्ट गर्नुहोस्