
साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
आइतवार छापावाल सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।