३२ असार २०८३, बिहीबार

एमाले विदेश विभाग प्रमुखले भने- चिनियाँले नेपालका कम्युनिस्ट मिलाइदिने कुरा तपाईंहरूले गर्ने आशंका मात्र

एमाले विदेश विभाग प्रमुखले भने- चिनियाँले नेपालका कम्युनिस्ट मिलाइदिने कुरा तपाईंहरूले गर्ने आशंका मात्र

नेकपा एमाले विदेश विभागमा प्रमुख राजन भट्टराईले चिनियाँ विदेश मन्त्री वाङ यीसँग दुई देशको आपसी हित र सम्बन्धको विषयमा छलफल भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री यीले आइतवार झण्डै एक घण्टा लामो कुराकानी गरेका थिए । 

भेटपछि एमाले विदेश विभागका प्रमुख भट्टराईले दुई देशबीचको आपसी हित र सम्बन्धबारे छलफल भएको जानकारी दिए । 

चिनियाँ पक्षले नेपालका कम्युनिस्ट पार्टीलाई मिलाइदिने केही कुरा गर्‍यो भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने– ‘त्यो तपाईंहरूले गर्ने आशंका मात्र हो, यो भेट दुई देशको सरोकारको विषयमा छलफल गर्ने हो ।’ 

एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कमलपोखरीस्थित मेरियट होटलमा भेटवार्ता गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्