२४ असार २०८३, बुधबार

तरलता अभाव कम गर्न विदेशबाट पैसा आउने व्यवस्थामा सहजीकरण गर्न माग

तरलता अभाव कम गर्न विदेशबाट पैसा आउने व्यवस्थामा सहजीकरण गर्न माग

तरलता अभाव कम गर्न विदेशबाट पैसा आउने व्यवस्थामा सहजीकरण गर्न नेपाल बैंकर्स संघले माग गरेको छ । 

आइतवार संसदको अर्थ समितिमा बोल्दै बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले नेपालभित्र पैसा भित्रने अवसर नभएकोले यसलाई सहजीकरण गर्नुपर्ने बताएका हुन् । 

उनले नेपालमा विदेशबाट पैसा ल्याउँदा त्यसलाई फिर्ता गर्दा हेजिङको व्यवस्था नभएको बताए । डलरको भाउ बढिरहेकोले घाटा कम गर्ने गरी हेजिङ फण्ड बनाएर विदेशबाट पैसा ल्याउँदा सहजै तिर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । 

नेपालका बैंकको पुँजी कमी भइसकेकोले अब कसरी बढाउने भन्नेतर्फ सोच्नुपर्ने पनि उनले बताए । 'नेपालमा अहिलेसम्म १२/१३ वटा बैंकले मात्रै थप कर्जा दिन सक्ने अवस्थामा छ,' उनले भने । 

समितिमा मेगा बैंककी सीईओ अनुपमा खुन्जेली पनि बैंकमा लगानीयोग्य रकम कम हुँदै गएको बताएकी छन् । उनले अहिले बैंक चरम संकटमा पुगेको बताइन् । 

उनका अनुसार बैंकहरूले अहिले दैनिक २०० अर्बको अस्थायी तरलता सुविधा (एसएलएफ) लिएर चलाउनु परिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्