
चिनियाँ विदेशमन्त्री वाङ यीलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजना कार्यान्वयनमा पहल गरिदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेका वाङ यी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतवार भेटवार्ता भएको हो ।
नक्सालस्थित मेरियट होटेलमा भएको भेटमा प्रचण्डले बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेको भेटमा सहभागी नेता शक्ति बस्नेतले जानकारी दिए ।