१४ असार २०८३, आइतबार

अफगान छात्राहरूका लागि विद्यालय बन्द रहेमा राष्ट्रव्यापी विरोध गर्ने अधिकारकर्मीको भनाइ

चैत १३, २०७८
अफगान छात्राहरूका लागि विद्यालय बन्द रहेमा राष्ट्रव्यापी विरोध गर्ने अधिकारकर्मीको भनाइ


तालिबानले एक हप्ताभित्र अफगानी छात्राहरूले अध्ययन गर्ने माध्यमिक विद्यालय पुनः नखोलिएमा अफगानिस्तानभरि विरोध प्रदर्शनको लहर सुरु गर्ने महिला अधिकारकर्मीहरूले आइतबार बताएका छन् । 

कट्टर इस्लामवादी समूह तालिबानले गत अगस्तमा सत्ता कब्जा गरेदेखि गत बुधबार पहिलो पटक छात्रा विद्यालयहरू पुनः खुलेपछि हजारौं माध्यमिक विद्यालयमा पढ्ने लाखौँ छात्राहरू विद्यालय गएका थिए । तर केही घण्टापछि तालिवान अधिकारीहरूले विद्यालयहरू फेरि बन्द गर्ने आदेश दिएपछि अफगानिस्तानका विद्यालयहरू पुनः बन्द भएका थिए । तालिवानको उक्त कदमप्रति विश्व समुदायले विमति जनाएको छ । 

काबुलमा आयोजित पत्रकार सम्मेलनमा चार महिला अधिकारवादी समूहले जारी गरेको वक्तव्यलाइृ पढ्दै अधिकारकर्मी हलिमा नासरीले भनिन्, “हामी इस्लामिक इमिरेट्सका नेताहरूलाई एक हप्ताभित्र छात्राविद्यालय खोल्न आह्वान गर्दछौं ।”

“आगामी एक हप्तासम्म पनि छात्रा विद्यालयहरू बन्द रहे भने हामी ले विद्यालय आँफै खोल्नेछौँ र हाम्रो माग पुरा नभएसम्म देशभर प्रदर्शन गर्नेछौं ।”

तालिबानले विद्यमान् सुविधाहरू बन्द गर्नुको सट्टा ग्रामीण क्षेत्रमा छात्राहरूका लागि थप विद्यालउ निर्माण गर्नुपर्ने भन्दै आन्दोलनरत महिलाकर्मीलाई प्रशासनले विभिन्न बहानामा पक्राउ गरी थुनामा राखेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अघि भनिएको छ, “जनताले अब त्यस्तो अत्याचार सहन सक्दैनन् । हामी अख्तियारवालाहरूबाट कुनै बहाना स्वीकार गर्दैनौं ।” 

शनिबार करिब दुई दर्जन विद्यालयका छात्रा तथा महिलाहरुले विद्यालय पुनः खोल्न माग गर्दै काबुलमा विरोध प्रदर्शन गरेका थिए । पत्रकार सम्मेलनमा सहभागी १६ वर्षे छात्रा जार्गुना इब्राहिमीले भन्नुभयो, “अब महिला, शिक्षक र छात्राहरू आफ्नो पढ्न पाउनुपर्ने अधिकार लगायतका मागसहित सडकमा आएर विरोध प्रदर्शन गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायले हामीलाई सहयोग गर्नुपर्छ ।”

salt training

कमेन्ट गर्नुहोस्