
स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन तीन लाख ९३ हजार ३१२ जनाले दरखास्त आवेदन दिएका छन् ।
नेपाल प्रहरीले म्यादी प्रहरीका लागि चैत ६ देखि १२ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त माग गरेको थियो ।
आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले एक लाख म्यादी प्रहरी माग गरिएकोमा दोब्बर बढी आवेदन परेको बताए ।
पूर्व सुरक्षाकर्मीलाई म्यादी प्रहरी भर्नाको प्राथमिकतामा राखिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।