
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।
आइतवार संस्थाको २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख २१ हजार २५० कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
उक्त कारोबार रेन्जमा रहेको आज (सोमवार)देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
लघुवित्तको शेयरलाई नेप्सेले एनईएसडिओ कारोबार संकेत प्रदान गरेको छ ।