०४ साउन २०८३, सोमबार

ओली र पौडेल रुपन्देही आउँदै, सांसदलाई पार्टी प्रवेश गराउनेदेखि भ्यू टावर उद्घाटन गर्नेसम्मको कार्यक्रम

ओली र पौडेल रुपन्देही आउँदै, सांसदलाई पार्टी प्रवेश गराउनेदेखि भ्यू टावर उद्घाटन गर्नेसम्मको कार्यक्रम

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल आज (सोमवार) रूपन्देही आउँदै छन् ।

ओली र पौडेलको दुई दिन रूपन्देही र कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी आएकालाई एमालेमा प्रवेश गराउने तथा भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

सोमवार बिहान ९ :४५ मा उनीहरू भैरहवा पुग्ने कार्यक्रम छ ।

भैरहवाको कार्यक्रम सकाएर उनीहरू कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जानेछन् ।

उक्त कार्यक्रम पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित सहित झण्डै पाँच हजार कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने छन । साँझ ओली बुटवल फर्किने कार्यक्रम छ । 

मंगलवार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको तिलोत्तमा बहुउद्देश्यीय भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपू सैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको, उद्घाटन र मंगलबारै दिउसो लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली र उपाध्यक्ष पौडेल सहभागी हुने कार्यक्रम तय भएको अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए ।

तिलोत्तमा बहुउद्देश्यीय भ्यू टावर नगरपालिकाले ९ करोड लगानीमा निर्माण गरेको छ ।  

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीन जना वडा अध्यक्ष  दर्जन वडा सदस्य सहित ठूलो संख्यामा जनप्रतिनिधि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्