१७ असार २०८३, बुधबार

को हुन् बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का हान्ने यी व्यक्ति ? [भिडियो]

चैत १४, २०७८
को हुन् बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का हान्ने यी व्यक्ति ? [भिडियो]

बिहारको मुख्यमन्त्री नितिश कुमारलाई मुक्का हानेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मुख्यमन्त्री कुमारलाई मुक्का हान्ने ती व्यक्ति को हुन् ? सबैलाई चासोको विषय बनेको छ ।

मुख्यमन्त्री नितिश कुमारलाई मुक्का हान्ने ती व्यक्तिको नाम शंकर बर्मा हो ।

३२ वर्षीय बर्मालाई जब प्रहरीले नियन्त्रणमा लियो, तब मात्रै किन मुख्यमन्त्रीलाई मुक्का हानेको भन्ने कारण खुल्यो । 

बर्माको मानसिक स्थिति सन्तुलनमा नरहेको बताइएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

उनका परिवारका अनुसार उनले केही समयअघि आत्महत्याको समेत प्रयास गरेका थिए । 

मुक्का हानेका बर्मालाई नितिश कुमारले कुनै पनि कारबाही गरेनन् । मुख्यमन्त्रीले बर्माको उपचारका लागि भने सुझाएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्