०६ असार २०८३, शनिबार

बालिका अपहरण गरेर १५ लाख फिरौती माग्ने ३ जना पक्राउ

बालिका अपहरण गरेर १५ लाख फिरौती माग्ने ३ जना पक्राउ

१५ लाख फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

प्रहरीले धनुषा कमला नगरपालिका–२ घर भई जनकपुर उपमहानरपालिका–१६ बस्ने ध्रुव कुमार मण्डलकी ४ बर्षीया छोरी अपहरण गर्ने ३ जनालाई आइतवार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषा नगरपालिका–३ सिजियाहीका २१ बर्षीय अरविन्द मुखिया, जनकपुर उपमहानरपालिका–१ का २१ बर्षीय रविकुमार दास र कमलामाई नगरपालिका–८ सोनापाराका २० बर्षीय अभिषेकचन्द्र दास छन् । 

उनीहरुले योजना बनाएर चैत १० गते अपहरण गरेर परिवारलाई १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । 

९८१४८१२५९१ सिम नम्बरबाट १५ लाख रूपैयाँ माग गरेको नत्र छोरीलाई मारेर फालिदिने धम्कि दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 

प्रहरीले प्राविधिक विश्लेषणको आधारमा पहिला अभिषेक चन्द्र दासलाई नियन्त्रणमा लिएको थियो । उनले धनुषाको विदेश नगरपालिकामा राखेको जानकारी गराएपछि बालिकालाई सकुशल उद्धार गरेको डीएसपी बस्नेतले बताए । 

मधेश प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेको टोलीले अन्य २ जनालाई नियन्त्रणमा अपरेशन चलाएको थियो । उनी अपहरण गरेर राखेको स्थानबाट उनीहरु भाग्न थालेपछि पक्राउ गर्नका लागि ५ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्