२३ असार २०८३, मंगलबार

साना दललाई पनि आफ्नै चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय

साना दललाई पनि आफ्नै चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय

स्थानीय तहको निर्वाचनमा साना राजनीतिक दलहरूलाई आफ्नै चुनाव चिह्न दिने गरी निर्वाचन आयोगले निर्णय गरेको छ ।

आइतवार बसेको आयोगको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ । 

साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेका थिए । निर्वाचन आयोगले कुन जिल्लाका कति दल दर्ता भएका छन् भन्ने विवरण माग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्