२० असार २०८३, शनिबार

२१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १ हजार २५४

२१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १ हजार २५४

पछिल्लो २४ घन्टामा मुलुकभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ६ हजार ३ सय ९ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै मुलुकभर पीसीआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या ९ लाख ७८ हजार ३४७ जना र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या १ लाख ४० हजार ११९ पुगेको छ ।

यस दिन ३ सय १९ जना संक्रमित निको भएका छन् । यससँगै मुलुकभर कोरोना संक्रमणपछि निको हुनेहरूको संख्या ९ लाख ६५ हजार १४२ पुगेको छ ।

सोमवार कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या शून्य छ । हालसम्म मुलुकभर ११ हजार ९ सय ५१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५४ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्