३१ असार २०८३, बुधबार

प्रहरीका ६ एसपीहरूको काज सरुवा, को–कहाँ पठाइए ? (नामावलीसहित)

प्रहरीका ६ एसपीहरूको काज सरुवा, को–कहाँ पठाइए ? (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई काज सरुवा गरेको छ ।

सोमवार प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो ।

जसअनुसार बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत एसपी रामेश्वर प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक काज सरुवा गरिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई अख्तियार अनुसन्धान आयोग काठमाडौँ तानिएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ती सुरक्षा महाशाखाका एसपी शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।

यस्तै गण्डकी प्रदेश स.प्र. गण मुख्यालय पोखराका एसपी ऋषिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइँदा त्यहाँका एसपी मनोज कुमार यादवलाई गण्डकी प्रदेश स.प्र. गण मुख्इालय पोखरा पठाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्