२९ असार २०८३, सोमबार

३ हजार मतदानस्थल अतिसंवेदनशील

चैत १५, २०७८
३ हजार मतदानस्थल अतिसंवेदनशील

 स्थानीय  तह  निर्वाचनमा   शान्तिसुरक्षा   व्यवस्थापनको   दृष्टिकोणले   दुुई   हजार   ९४५   वटा   मतदानस्थललाई  अतिसंवेदनशील  क्षेत्रको  सूचीमा राखिएको छ ।

त्यस्ता  मतदानस्थलको  शान्ति  सुरक्षा  व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा  बनाइएको  छ  ।

 पहिलो  घेरामा  नेपाल  प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको  छ  ।  

यसअधि  गृह  मन्त्रालयले  'स्थानीय  तह  निर्वाचन  एकीकृत  सुरक्षा  योजना’  कार्यान्वयनका  लागि  ७७  वटै  जिल्ला   प्रशासन   कार्यालयलाई   परिपत्र   गरेको थियो ।

गृहमन्त्री     बालकृष्ण     खाणको     अध्यक्षतामा   शुक्रबार   बसेको   केन्द्रीय   सुरक्षा  समितिको  बैठकले  सुरक्षा  योजना  पारित  गरेको  हो  ।

गृह  मन्त्रालयका  प्रवक्ता  फणीन्द्रमणि     पोखरेलले     कार्ययोजना     कार्यान्वयन   तथा   पूर्वतयारीका   लागि   जिल्लामा  परिपत्र  गरिएको  र  सोहीअनुसार  सुरक्षा योजना बनेको जानकारी दिए ।स्थानीय   निर्वाचनअन्तर्गत   मतपत्र   छपाइको  सुरक्षा,  दुर्गम  स्थानमा  मतपत्र  तथा  मतपेटिका  पुर्‍याउने  र  मतदानपछि  गणनास्थलसम्म  ल्याउने  जिम्मा  नेपाली  सेनालाई  तोकिएको  छ  ।  

निर्वाचनको  ३०  दिनअघिदेखि  निर्वाचनस्थलको  'पट्रोलिङ’  गस्तीसमेत नेपाली सेनाले गर्नेछ ।निर्वाचनस्थलमा     सेनाको     बम     डिस्पोजल  टोली  र  मतदान  केन्द्रबाट  बढीमा   ३०   मिनेटको   दूूरीमा   सेनाका   फौज तैनाथ गरिनेछ । मतदानको समयमा बाहिरी  सुरक्षा  घेरामा  सेना  परिचालित  हुनेछ । सेनाले आवश्यकताअनुसार हवाई गस्ती पनि गर्नेछ ।२०७९  वैशाख  ३०  मा  तय  भएको  स्थानीय   तहको   निर्वाचनमा   आवश्यक   मतपत्र  छपाइ  जनक  शिक्षा  सामग्री  केन्द्र  लिमिटेडमा भइरहेको छ ।

त्यसको सुरक्षाको जिम्मासमेत सेनालाई तोकिएको छ । मुलुकको  ७७  वटै  जिल्ला  प्रशासन  कार्यालयले   अन्तर्राष्ट्रिय   सीमा   नाका,   अराजक    समूह,    प्रमुख    राजनीतिक    दलबीच  कडा  प्रतिस्पर्धा,  कार्यकर्ताबीच  हुन  सक्ने  मुठभेड  र  विगतको  निर्वाचन  सुरक्षा    अवस्थाको    समीक्षा    तथा    मूल्याङ्कन  गरी  अतिसंवेदनशील  क्षेत्रको  सूची तयार पारिएको हो ।

गृह  मन्त्रालयका  अनुसार,  १०  हजार  ७५६  वटा  मतदानस्थल  राखिएका  छन्  ।  तीमध्ये दुई हजार ९४५ अतिसंवेदनशील, चार हजार   ४२०   संवेदनशील   र   तीन   हजार   ३९१  सामान्य  छन्  ।  विशेष  गरी  सीमा  नाका  जोडिएका  जिल्लाको  दक्षिण  क्षेत्रका  मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । एउटा   मतदानस्थलभित्र   एकदेखि   तीनवटासम्म  मतदान  केन्द्र  रहनेछन्  ।

 गृह  प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार, २१ हजार ९५५ भन्दा बढी मतदानस्थल रहेका छन्  ।  सुरक्षा  संवेदनशीलताको  आधारमा  मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ   ।   अतिसंवेदनशीलमा   वरिष्ठ   प्रहरी   नायब निरीक्षक र प्रहरी नायब निरीक्षकको कमान्डमा  पाँच  प्रहरी  र  आठ  म्यादी  गरी  १३ र संवेदनशीलमा चार प्रहरी र छ म्यादी गरी १० जना सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै सामान्य मतदानस्थलमा प्रहरी सहायक   निरीक्षकको   कमान्डमा   तीन   प्रहरी र पाँच जना म्यादी गरी आठ जना सुरक्षाकर्मी खटाइने निर्णय भएको छ । गोरखापत्र दैनिकमा मित्र भण्डारी र देवबहादुर कुँवरले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्