०६ असार २०८३, शनिबार

४० वर्षमा दुबै मृगौला फेल, उपचार गर्न पैसा छैन

कात्तिक २०, २०७४
४० वर्षमा दुबै मृगौला फेल, उपचार गर्न पैसा छैन

मगु २३ असार – खत्याड गाउँपालिका वडा नं. ५ चागपाँडेका एक स्थानीइ करिव १५ महिना देखी मृगौला रोगको उपचारका लागी अस्पतालको शैयामा ढलीरहेका छन् ।

साबिकको खमाले गाविस ९ चागपाँडेका ४० बर्षिय चन्द्र बहादुर बुढाको दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनले काठमाडौँको बनस्थली स्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा उपचार गराइरहेका छन् । उनी विगत १५ महिनादेखि उपचार गराइरहेका छन् ।

२०७३ वैशाख देखी हालसम्म अस्पतालमै राखेर उपचार गराउँदा करीब १२ लाख रुपैया सकिएको र अव उपचार गर्न आफूहरुसँग पैसा नभएको भार्ई राम बहादुर बुढाले बताए ।

राम बहादुर भन्छन् ‘सानो ब्यापार गरेर कमाएको ५ लाख र आफन्तबाट सरसापट लिएको १२ लाख पैसाले दाजुलाई एक बर्ष सम्म जेनतेन बचायौँ अब पैसा सकिएपछि चन्दा संकलन गर्न हिँडेको छु ।’

उनी आफ्नो दाजुको ज्यान बचाइदिन भन्दै सदरमुकाम गमगढीमा बिभिन्न कागजात तथा फोटाहरु बोकेर सबैसँग चन्दा मागी हात थाप्दै हिडिरहेका छन् ।

चन्द्र बहादुरका अर्का भाई दाइको उपचार खर्च जुटाउन जुम्ला तिर आर्थिक संकलन गर्न हिडेका छन् । यतिबेला उनको घर परिवारमा बिचल्ली छ । तर सञ्चो हुने आशा भने जिवितै रहेको उनी बताउँछन् ।
बिरामी चन्द्र बहादुरका २ छोरी ,२ छोरा र श्रीमती रहेका छन् । सानो ४ महिनाको दुधे छोरा काखमा बोकेर श्रीमती शिबकला गाउँमा श्रीमान बचाउनको लागी सहयोग मागदै हिडिरहेकी छिन् ।

डाइलोसिस सेवा केही समय यता निशुल्क हुदै आएपनि डाक्टरले बुढाको मृगौला प्रत्यारोपण गर्नु पर्ने भनेका छन् । त्यसैले उनकी ३० बर्षिया श्रीमती शिबकलाले आफ्नो एउटा मृगौला श्रीमान चन्द्र बहादुरलाइ दिने भएकी छिन् ।
त्यसैको लागि अहिले आफू आर्थिक सहयोगमा हिँडेको उनले बताइन् । उनले आफ्नो श्रीमानलाई सहयोग गर्नको लागि सबैलाई अनुरोध गरेकी छन् ।

मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागि ५÷७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्