२३ असार २०८३, मंगलबार

लोकसेवा आयोगको विज्ञापन सच्याउन माग

चैत १८, २०७८
लोकसेवा  आयोगको विज्ञापन सच्याउन माग

थारू कल्याणकारिणी सभासहित   विभिन्न   जातीय   सङ्गठनले  सुदूर    पश्चिम प्रदेश   लोकसेवा   आयोगले       खुलाएको       विज्ञापन   खारेज गर्न  माग  गरेका  छन्  ।

प्रदेश  लोकसेवा  आयोगले   संविधानको  मर्मविपरीत विज्ञापन  खुलाएको  भन्दै  ११  वटा  सङ्गठनले      विज्ञापन खारेज    गर्न    माग    गरेका    हुन्  ।  

प्रदेश  लोकसेवा आयोगले  चैत ९ गते  प्राविधिकतर्फ    तहविहीन वनरक्षक  पदको    विज्ञापन  खुलाएको      थियो      ।

 आयोगले   खुलाएको    विज्ञापनमा  थारू  कोटा  नराखिएको    प्रति  थारू कल्याणकारीणी   सभासहित   थारू   समुदाय   सम्बन्धित जातीय  सङ्गठनहरूको आपत्ति  रहेको   छ  ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्