०४ असार २०८३, बिहीबार

१२ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

पाल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेका छ ।

गत मंगलवार राति १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१, कचलका ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए । 

बिहीवार बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको त्वातीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्