प्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्र रचिएको कुरा देशका सुरक्षा निकायहरूले जानकारी दिएको पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले बताएका छन् ।
आइतवार इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गरिँदैछ ।
यस्तो समाचार आएपछि खानको सुरक्षा प्रबन्ध कडा बनाइएको डन पत्रिकाले चौधरीलाई उद्धृत गर्दै खबर दिएको छ ।
गत साता पाकिस्तान तहरीक-ए-इन्साफ दलका नेता फैसल वावदाले पनि यस्तै किसिमका दाबी गरेका थिए । खानले देश बेच्न नमानेकाले उनको हत्याको षड्यन्त्र रचिएको वावडाको दाबी छ ।
खानले आफ्नो सरकार गिराउनका लागि विदेशी षड्यन्त्रको प्रमाण रहेको भन्दै एउटा पत्र आफ्ना समर्थकहरूलाई देखाएका थिए ।
खानलाई मञ्चमा बुलेटप्रूफ शीशा राख्न पनि आफूहरूले आग्रह गरेको वावडाको भनाइ छ ।